धरौटीमा छुटेलगत्तै पक्राउ परिन् आशिका तामाङ
उनी छुटेलगत्तै भक्तपुर प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं, माघ १४ : आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल बनेकी आशिका तामाङ सोमबार धरौटीमा छुटेलगत्तै पक्राउ परेकी छन् ।
अभद्र व्यवहार आरोपमा तामाङलाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका थिए।
उनलाई पशुपति क्षेत्र विकास कोषका करार कर्मचारीको विवादमा गौशाला बृत्तका डीएसपी शुकदेव खनालसहितका प्रहरीलाई अभद्र व्यवहार गरेको आरोप तामाङमाथि लगाइएको छ ।
उनी छुटेलगत्तै भक्तपुर प्रहरीले पक्राउ गरेको हो।
तामाङलाई गत माघ २ गते अभद्र व्यवहार आरोपमा स्वयम्भूबाट पक्राउ गरिएको थियो।
उनी काठमाडौंको गौशाला प्रहरी बृत्तमा थुनामा थिइन् । काठमाडौं सिडिओ कार्यालयले धरौटीमा रिहा गरे पनि अर्को मुद्दा चलाउन पक्राउ गदै भक्तपुर लगिएको हो ।
भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा नै चलाउने तयारी भएको छ ।
प्रकाशित मिति: १८:१४ बजे, सोमबार, माघ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












