Kathmandu Press

सरकारले विकास र स्थिरताको बलियो आधार बनाएरै छाड्छ : प्रधानमन्त्री ओली

उनले कांग्रेस र एमालेले देशलाई स्थिरता दिने संकल्प गरेकाले यसमा ढुक्क हुन आग्रह गरे। उनले सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाति पिट्नु र बिलौना गर्नुको कुनै अर्थ नभएको बताए। 
सरकारले विकास र स्थिरताको बलियो आधार बनाएरै छाड्छ : प्रधानमन्त्री ओली

भक्तपुर, माघ १४ : प्रधानमन्त्री केपी ओलीले दुई ठुला दलको सहकार्यमा रहेको वर्तमान सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताएका छन्।  

भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै उनले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै देश विकासको गति बढाउने बताए।

‘अब नेपालमा विकासको क्रममा अगाडि बढेको छ। जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभईकन विकास हुँदैन। काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठुला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नैछ।’

Hardik ivf

उनले कांग्रेस र एमालेले देशलाई स्थिरता दिने संकल्प गरेकाले यसमा ढुक्क हुन आग्रह गरे। उनले सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाति पिट्नु र बिलौना गर्नुको कुनै अर्थ नभएको बताए। 

उनले पूर्व सहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट पारे।  

उनले संसदको हिउँदे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए छिटै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने बताए।

प्रधानमन्त्री ओलीले आफूलाई रुघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेका बेलामा तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएको पनि टिप्पणी गरेका छन्। 

‘मलाई रुघाखोकी लागेको हो । एन्टीबायोटिकले अलि कमजोर बनाएको छ तर हाँच्छ्यू गरेको देख्यो भने आइसियुकक्षकमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन आइसियुमा बसेको देखाउँछन्,’ उनले भने।

सरकारको विरोध गर्ने नाममा सिमित संख्या भएकाहरुको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरुको भ्रमबाट मुक्त हुन पनि आग्रह गरे। 
 

प्रकाशित मिति: १६:१८ बजे, सोमबार, माघ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्