Kathmandu Press

कास्की अदालतले मागेको धरौटीविरुद्ध उच्च पुगे रवि 

सोमबार धरौटी रकम उच्च भएको र साधारण तारिखमा नै छोड्नुपर्ने माग सहित उनी उच्च अदालत पुगेका हुन्। 
कास्की अदालतले मागेको धरौटीविरुद्ध उच्च पुगे रवि 

काठमाडौं, माघ १४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पोखरा उच्च अदालतमा पुनरावेदन गरेका छन्। 

सोमबार धरौटी रकम उच्च भएको र साधारण तारिखमा नै छोड्नुपर्ने माग सहित उनी उच्च अदालत पुगेका हुन्। 

यता, जिल्ला सरकारी वकिलको कार्यालयले पनि यसअघि नै रविलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा रिट दायर गरेको छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा रविलाई कास्की जिल्ला अदालतले ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। 

त्यसपछि सहकारी गठीकै मुद्दमा रविलाई काठमाडौं जिल्ला अदालतले ६० लाख र रुपन्देही जिल्ला अदालतले १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
 

प्रकाशित मिति: १५:३० बजे, सोमबार, माघ १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्