Kathmandu Press

‘प्रचण्ड देशको हित चाहने व्यक्ति होइनन् कि भन्ने आशंका बढेको छ’

सभामुख देवराज घिमिरेले राखेको ठूला दलका प्रमुख सचेतकहरूसँगको छलफल पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रचण्ड मुलुकलाई शान्तिपूर्ण ढंगबाट अगाडि बढोस् भन्ने चाहना गर्ने व्यक्तिभित्र पनि पर्नुहुन्न कि भन्ने आशंका पैदा भएको बताए।
‘प्रचण्ड देशको हित चाहने व्यक्ति होइनन् कि भन्ने आशंका बढेको छ’

काठमाडौं, माघ १४ः नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिको कुनै पनि यात्रामा भेट कहिले पनि हुन नसक्नेगरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।

सोमबार सभामुख देवराज घिमिरेले राखेको ठूला दलका प्रमुख सचेतकहरूसँगको छलफल पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रचण्ड मुलुकलाई शान्तिपूर्ण ढंगबाट अगाडि बढोस् भन्ने चाहना गर्ने व्यक्तिभित्र पनि पर्नुहुन्न कि भन्ने आशंका पैदा भएको बताए।

Hardik ivf

उनले भने, ‘उहाँ आफैंमा पनि मूलुकलाई एउटा शान्तिपूर्ण ढंगबाट अगाडि बढोस् भन्ने चाहना गर्ने व्यक्तिभित्र पनि पर्नुहुन्न कि भन्ने अब आशंका लागेको छ। विगतमा उहाँको व्यवहारले त देखाएको थियो। राजनीतिको कुनै पनि यात्रामा भेट कहिले पनि हुन नसक्नेगरी जसरी उहाँले भित्तामा पुगेर अभिव्यक्तिहरु दिइरहनु भएको छ। एकदम नाङ्गो शैलीमा यो कुरा सुहाएको छैन।’

त्यस्तै, उनले अध्यक्ष प्रचण्डले तेस्रो दलको रुपमा रहँदा पनि कहिले एमालेको र कहिले कांग्रेसको काँध चडेर १८ महिना देशको नेतृत्व गर्ने कुरामा पाएको सहयोग बिर्सेर सरकारप्रति हिलो छ्याप्ने भ्रम सृजना गर्ने गरी अभिव्यक्ति दिने गरेको बताए।

उनले भने, ‘उहाँले बुझ्न पर्ने कुरा के हो भने उहाँ तेस्रो दलको रुपमा हुनुहुन्थ्यो कहिले एमालेको काँध चडेर कहिले कांग्रेसको काँध चडेर उहाँ १८ महिना देशको नेतृत्व गर्ने कुरा एमाले वा कांग्रेसको सहयोगबाट पाएको कुरा उहाँले यति चाँडो कसरी विर्सेर एमाले र कांग्रेस मिलेर बनेको सरकारलाई पहिलो दिन देखि नै जुन खालको हिलो छ्याप्ने भ्रम सृजना गर्ने गरी जसरी अभिव्यक्ति दिने काम गर्नुभएको छ। यसको औषधि छैन।’

साथै उनले सरकार ढलेपनि एमाले वा कांग्रेस सामेल नभई यो देशमा सरकार बन्न नसक्ने दाबी गरे । 

उनले भने, ‘अराजकता र अस्थिरता चाहनेले यस्तै कुराको खेतीपाती गर्छन्। उहाँले  त्यही गरिरहनु भएको छ। कल्पनामा यो सरकार ढलेपनि उहाँले कुन सरकार बनाउनु हुन्छ? एमाले वा कांग्रेस सामेल नभई यो देशमा सरकार बन्दैन। उहाँलाई यो कुरा पनि थाहा छ कि यो सरकार कुनै पनि हिसाबले कमजोर धरातलमा पुगेको सरकार होईन।’

प्रकाशित मिति: १४:३५ बजे, सोमबार, माघ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्