रैथाने उत्पादनको संरक्षण र प्रबद्र्धनमा रैथाने एग्रो प्रोडक्टस
रैथाने पोडक्सलाई प्राथमिकता दिनुको मुल उद्देश्य स्वस्थकर, बिसादी रहित र रोग रहित सामागी्रहरु पस्कनु नै रहेको अध्यक्ष ढकाल बताउँछन् ।काठमाडौं, माघ १४ : विगत ५ बर्षदेखि सञ्चालित रैथाने एग्रो प्रोडक्टसले गाउँको उत्पादन शहरमा रैथाने खाना घर घरमा भन्ने अभियानसहित रैथाने उत्पादनको संरक्षण र प्रबद्र्धनमा जुटिरहेको छ ।
काठमाडौंको टोखा नगरपालिका धापासीमा सञ्चालित रैथाने एग्रो प्रोडक्टसले विभिन्न जिल्लाका किसान, किसान सहकारी, स-साना फर्म, कम्पनी र स्थानीय सरकारसँग मिलेर रैथाने कृषि उत्पादन, संरक्षण र बजारीकरण गर्ने कार्यमा संगसँगै हातेमालो गर्दै आएको प्रोडक्टसका अध्यक्ष तिलक ढकालले जानकारी दिए ।
रैथाने पोडक्सलाई प्राथमिकता दिनुको मुल उद्देश्य स्वस्थकर, बिसादी रहित र रोग रहित सामागी्रहरु पस्कनु नै रहेको अध्यक्ष ढकाल बताउँछन् ।
रैथाने बाली लोप हुँदै गएको हुँदा ५५ भन्दा वढी जिल्लाका ५०० भन्दा कृषि उपज तथा वस्तुहरु काठमाडौं ल्याई काठमाडौबासीलाई रैथाने बालीको स्वाद चखाउँदै आएको एग्रो प्रोडक्टसले बिगत १ बर्षदेखि उपत्यकाका दरबारमार्ग, बुढानिलकण्ठ, धापासी र नागार्जुनको स्वीचटारमा रैथाने कृषि हाट बजार नै सञ्चालन गरेर प्रत्यक्ष किसान र उपभोक्तालाई आमुनेसामुने जोड्ने काम गर्दै आएको छ ।
रैथाने खानेकुरा मात्र हैन्, सहर र गाउँघरबाटै लोप हुन लागेका सामाग्रीहरूसमेत प्रदर्शनीमा राखिने गरेको ढकालले बताए । मोही पार्ने ठेकी, पुराना बत्ती, शंख, डाला र नाङ्ला जस्ता सामाग्री प्रदर्शनीमा राखिने गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।