Kathmandu Press

कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै

हिजो आइतबार दिउँसोबाट सुरु भएको बैठक संघीय संसद भवन नयाँ बानेश्वरको ल्होेत्से हलमा आज पनि बस्ने भएको हो । बैठकमा संसद्को हिउँदे अधिवेशन, एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले हालै जारी गरेको अध्यादेशका विषयमा छलफल चलिरहेको छ ।
कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं, माघ १४ : नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । 

हिजो आइतबार दिउँसोबाट सुरु भएको बैठक संघीय संसद भवन नयाँ बानेश्वरको ल्होेत्से हलमा आज पनि बस्ने भएको हो । बैठकमा संसद्को हिउँदे अधिवेशन, एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले हालै जारी गरेको अध्यादेशका विषयमा छलफल चलिरहेको छ ।

Hardik ivf

बैठकले माघ १८ गते सुरु हुने सङ्घीय संसदको हिउँदे अधिवेशनमा कांग्रेसको पोजिसन र एजेन्डाका बारेमा छलफल गरिरहेको छ । 
आइतबार  बसेको  कांग्रेस संसदीय दलको बैठकले आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरु उठाउने विषयमा पनि छलफल गरेको थियो । 

यही माघ १८ गतेदेखि सङ्घीय संसदका दुवै सदनको अधिवेशन सुरु हुँदैछ ।
 
प्रकाशित मिति: ०८:०० बजे, सोमबार, माघ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्