Kathmandu Press

सहकारी ठगी मुद्दामा रविले बुझाएको धरौटी रकम पुग्यो २ करोड २५ लाख

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रवि लामिछाने १ करोड धरौटीमा छुटेका छन्।
सहकारी ठगी मुद्दामा रविले बुझाएको धरौटी रकम पुग्यो २ करोड २५ लाख
फाइल तस्बिर।

काठमाडौं, माघ १३ : बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रवि लामिछाने १ करोड धरौटीमा छुटेका छन्।

आइतबार रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको हो।

योसँगै लामिछानेले अदालत बुझाएको धरौटी रकम २ करोड २५ लाख पुगेको छ।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा कास्की अदालतले उनीसँग ६५ लाख रूपैयाँ धरौटी लिएको थियो।

त्यस्तै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले ६० लाख रूपैयाँ धरौटी मागेको थियो।

लामिछानेविरूद्ध अझै चितवनमा सहारा चितवन सहकारी ठगी र पर्सामा सानोपाइला सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता हुन बाँकी छ।

प्रकाशित मिति: २०:१४ बजे, आइतबार, माघ १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्