Kathmandu Press

कांग्रेस संसदीय दल बैठक : एमालेसँगको गठबन्धन ८४ सम्म लैजान छलफल 

नेपाली कांग्रेस संसदीय दलको बैठकमा वर्तमान नेकपा एमालेसँगको गठबन्धनलाई २०८४ सम्मको निर्वाचनसम्म लैजाने बिषयमा छलफल भएको छ। 
कांग्रेस संसदीय दल बैठक : एमालेसँगको गठबन्धन ८४ सम्म लैजान छलफल 

काठमाडौं, माघ १३ : नेपाली कांग्रेस संसदीय दलको बैठकमा वर्तमान नेकपा एमालेसँगको गठबन्धनलाई २०८४ सम्मको निर्वाचनसम्म लैजाने बिषयमा छलफल भएको छ। 

आइतबार संसदीय दलको बैठकमा अन्य बिषयमा अतिरिक्त सत्ता गठबन्धनको बिषयमा पनि छलफल भएको एक सांसदले बताए ।

Hardik ivf

कांग्रेस–एमालेको सरकार बनेपछि अर्थतन्त्र लगायत क्षेत्रमा सुधार आएको भन्दै बैठकमा नेताहरूले ब्रिफिङ गरेका थिए।

तीन तीन महिनामा विश्वासको मत लिने कुराको अन्त्य भएको बताउँदै बैठकमा ८४ सम्म यही सरकार निरन्तर लैजाने कुरामा मतैक्य भएको बैठकमा सहभागि ति सांसदको भनाइ छ । 

सरकारले आवश्यकता र औचित्यको आधारमा अध्यादेश ल्याउने भएकोले बाहिर विरोध गर्नुका औचिय नरहेको सन्दर्भ पनि छलफलमा उठेको जनाइएको छ।

दिउँसो २ बजेदेखि सुरु हुने भनिएको बैठक ढिलो गरी सुरु भएको थियो । संसदमा प्रभावकारी रुपमा उपस्थितिका लागि रणनीति तय गर्नुपर्ने बिषयमा पनि छलफल चलेको थियो । 

 

प्रकाशित मिति: १९:१३ बजे, आइतबार, माघ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्