Kathmandu Press

महाकालीमा बगेकी एक महिलाको जीवितै उद्धार

दार्चुला, वैशाख १४ : महाकाली नदीमा बगेकी एक महिलालाई प्रहरीले जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकोप्टरमार्फत कोहलपुर पठाएको छ। जिल्ला सदरमुका....

महाकालीमा बगेकी एक महिलाको जीवितै उद्धार

दार्चुला, वैशाख १४ : महाकाली नदीमा बगेकी एक महिलालाई प्रहरीले जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकोप्टरमार्फत कोहलपुर पठाएको छ। जिल्ला सदरमुकाम खलङ्गाको तिङ्कर खेडा नजिकैबाट बगेकी व्यास गाउँपालिका–१ का ३० वर्षीया सपना ऐतवाललाई आइतबार बिहान प्रहरीले जीवितै उद्धार गर्न सफल भएको हो। 

ती महिलालाई  जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए।

Hardik ivf

नदीमा  महिला बगिरहेको देखेपछि तत्काल प्रहरीले जिल्ला अस्पताल नजिकैबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयाका प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले बताए।

झण्डै एक किलोमिटर बगेकी महिलाको जिल्ला अस्पताल दार्चुलामा उपचारपछि थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको जिल्ला अस्पताल चिकित्सक गजेन्द्र दुवालले बताए। 'अझै गम्भीर अवस्थामा हुनुहुन्छ,' उनल भने, 'समयमै उपचार पाउन सक्यो भने बचाउन सकिन्छ।'

प्रकाशित मिति: १३:२९ बजे, आइतबार, वैशाख १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्