Kathmandu Press

सुप्रिम सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश

आइतबार रूपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश गरेको हो।
सुप्रिम सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश
फाइल तस्बिर।

काठमाडौं, माघ १४ : रूपन्देहीको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश भएको छ।

आइतबार रूपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश गरेको हो।

न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा आइतबार सरकारी वकिलहरूले जवाफी बहस सकिएपछि धरौटीमा छाड्न आदेश भएको हो।

धरौटीमा छाड्ने आदेशसँगै लामिछाने धरौटी रकम बुझाएर छुट्ने प्रक्रियामा छन्। 

यसअघि कास्कीको सूर्यदर्शन सहकारीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा लामिछानेसँग ६० लाख रूपैयाँ धरौटी मागिएको थियो।

प्रकाशित मिति: १८:५० बजे, आइतबार, माघ १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्