Kathmandu Press

नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा सुरू

 नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । 
नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा सुरू

काठमाडौं, माघ १३ : नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । 

कांग्रेस संसदीय दलको कार्यालयमा बैठक शुरु भएको हो । दिउँसो २ बजेदेखि सुरु हुने भनिएको बैठक ढिलो गरी सुरु भएको छ ।

Hardik ivf

बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल भइरहेको छ । बैठकले संसदमा प्रभावकारी रुपमा उपस्थितिका लागि रणनीति तय गर्ने जनाइएको छ।

संसदका विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरू र सरकारले ल्याएका अध्यादेशमाथि पनि बैठकमा धारणा राखिने भएको छ ।

प्रकाशित मिति: १७:४९ बजे, आइतबार, माघ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्