Kathmandu Press

सर्वोच्चले झिकायो बेचन झाको कागजात 

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको कागजात उच्च अदालतबाट झिकाउने आदेश गरेको छ ।
सर्वोच्चले झिकायो बेचन झाको कागजात 

काठमाडौं, माघ १३ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको कागजात उच्च अदालतबाट झिकाउने आदेश गरेको छ ।

आइतबार भएको सुनुवाईपछि सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उच्च अदालत पाटनबाट कागजात झिकाउने आदेश दिएको हो ।

Hardik ivf

आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा दिएको निवेदनमा सुनुवाईपछि उच्च अदालतबाट कागजात मगाउने आदेश भएको हो ।

झाविरुद्ध नेपाल नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रकम असुल गरेको आरोपमा मुद्दा चलाइएको थियो ।

प्रहरीले झालाई भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । झा हाल जिल्ला र उच्च अदालतको आदेश अनुरुप सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा छन् ।

 

प्रकाशित मिति: १७:४१ बजे, आइतबार, माघ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्