Kathmandu Press

नेप्से दोहोरो अंकले घट्यो, कारोबार नौ अर्ब बढी

आज ३१८ कम्पनीको एक करोड ५७ लाख २० हजार तीन सय ६७ कित्ता शेयर ९४ हजार आठ सय १३ पटक खरिदबिक्री हुँदा ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार पाँच सय १४ बराबरको कारोबार भएको छ।
नेप्से दोहोरो अंकले घट्यो, कारोबार नौ अर्ब बढी

काठमाडौं, माघ १३ : यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले घटेको छ। 

आज नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ को बिन्दुमा कायम भएको छ।

आज ३१८ कम्पनीको एक करोड ५७ लाख २० हजार तीन सय ६७ कित्ता शेयर ९४ हजार आठ सय १३ पटक खरिदबिक्री हुँदा ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार पाँच सय १४ बराबरको कारोबार भएको छ।

आज विकास बैंक समूह ०.५९, जलविद्युत् ०.५४, लघुवित्त ०.७५, म्युचुअल फण्ड ०.४८ र अन्य समूह ०.०३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। 

सबैभन्दा बढी वित्त समूह ४.७६ प्रतिशतले घटेको छ। त्यस्तै, बैंकिङ ०.८९, होटल तथा पर्यटन ०.२७, लगानी ०.५०, जीवन बिमा ९.६१, उत्पादन तथा प्रशोधन १.६६, निर्जीवन बिमा ०.६७ र व्यापार समूह ०.७५ प्रतिशतले घटेको छ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने चारवटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। 

बोटलर्स नेपाल लिमिटेड, एनआईसी एसियो डिभेञ्चर ०८२–८३, डोल्टी पावर कम्पनी लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको  ३९ करोड ५३ लाख ७३ हजार बराबरको कारोबार भएको छ। 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको चार लाख ११ हजार छ सय २७ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १७:१५ बजे, आइतबार, माघ १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्