जनकपुरधामको एक फर्निचर उद्योगमा भिषण आगलागी, लाखौंको क्षति
आगलागीले लाखौं मूल्य बराबरको तयारी अवस्थामा राखिएको फर्निचरको सामान र फर्निचर बनाउन प्रयोग हुने, फोम, काठ आदि सामान जलेर नष्ट भएको छ।-(28)-1737890608.jpg)
धुनषा, माघ १३ : जनकपुरधामको एक फर्निचर उद्योगमा भिषण आगलागी भएको छ।
आइतबार दिउँसो १२ः३० बजे जनकपुरधामको वडा नं.७ भ्रमरपूरा चोकस्थित रामलला लक्ष्मी फर्निचर उद्योगमा भिषण आगलागी भएको हो।
आगलागीले लाखौं मूल्य बराबरको तयारी अवस्थामा राखिएको फर्निचरको सामान र फर्निचर बनाउन प्रयोग हुने, फोम, काठ आदि सामान जलेर नष्ट भएको छ।
फर्निचर उद्योगका सञ्चालक रामलला शर्माले २० लाखबढीको सामान जलेर नष्ट भएको बताएतापनि धनुषा प्रहरीले यकिन गर्न बाँकी रहेको जनाएको छ।
-(48)-1737890607.jpg)
आगलागीको खबर प्राप्त हुनासाथ जनकपुरधाम उपमहानगरपालिका र नेपाल प्रहरीको वारुण यन्त्र पुगेर आगो निभाउन सफल भएको छ।
आगलागीको कारण र क्षतिको विवरण केही बेरमा प्राप्त हुने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अहिले जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले आगलागी भएको स्थानमा पुगेर अनुसन्धान गरिरहेको छ।
-(19)-1737890607.jpg)
प्रकाशित मिति: १७:०९ बजे, आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












