Kathmandu Press

प्रहरी निरिक्षक विष्ट नक्कली प्रमाणपत्रधारी ठहर 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार उनलाई दोषी ठहर गरेको हो।
प्रहरी निरिक्षक विष्ट नक्कली प्रमाणपत्रधारी ठहर 

काठमाडौं, माघ १३ : नेपाल प्रहरीका इन्स्पेक्टर लोकबहादुर विष्टले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सेवामा प्रवेश गरेको भन्दै विशेष अदालतले दोषी ठहर गरेको छ। 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार उनलाई दोषी ठहर गरेको हो। विष्टलाई भ्रष्टाचारको अभियोगमा चार हजार जरिवानाको फैसला भएको छ। 

Hardik ivf

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्रधारीको अभियोगमा मुद्दा चलाएपछि उनी गत असारदेखि निलम्बनमा परेका थिए। 

विष्ट नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १, गुल्म नं. ४, नक्सालमा कार्यरत थिए। अनुसन्धानका क्रममा प्रहरी निरीक्षक विष्टले प्रहरी सेवा प्रवेश गर्दा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको तथ्य पुष्टी भएपछिट मुद्दा चलाइएको थियो। अख्तियारको दाबी अनुरुप माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाई स्कुल एण्ड इन्टरमिडियट एजुकेसन युपीबाट जारी भएको भनिएको प्रमाण पत्र नक्कली ठहर भएको छ

विष्टले २०५५ साल कात्तिक १ गते प्रहरी सहायक निरीक्षक (असई) बाट सेवा प्रवेश गरेका थिए। 

प्रकाशित मिति: १६:४७ बजे, आइतबार, माघ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्