रविकाे मुद्दामा बहस सकियो, आजै आदेश आउने
सुप्रिम सहकारी ठगी प्रकरणका अभियुक्तलाई थुनामा पठाउने कि नपठाउने भन्ने बिषयमा आजै निर्णय आउने भएको छ।
बुटवल, माघ १३ : सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा मुद्दा चलाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका प्रतिबादीको थुनछेक वहश सकिएको छ।
सुप्रिम सहकारी ठगी प्रकरणका अभियुक्तलाई थुनामा पठाउने कि नपठाउने भन्ने बिषयमा आजै निर्णय आउने भएको छ।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासबाट आदेशको तयारी भइरहेको छ। सहकारी ठगी प्रकरणको पुरक अभियोजनमा तीन दिनदेखि अदालतमा बहस चलेको थियो।
लामिछानेका कानुनव्यवसायीले बहस सकेपछि सरकारी वकिल र पीडित जाहेरवाला तर्फका वकीलले जवाफी बहस गरेका थिए।
अहिले मुद्दाका पक्ष–विपक्ष र कानुनव्यवसायी आदेशको प्रतिरक्षामा रहेका छन्।
प्रकाशित मिति: १६:३० बजे, आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












