प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई दिए गणतन्त्र दिवशको शुभकामना र बधाई
भारतको ७६ औ गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतालाई न्यानो बधाई भनेका छन्।
काठमाडौं, माघ १३ : प्रधानमन्त्री केपी ओलीले भारतको गणतन्त्र दिवसको अवसरमा आइतबार शुभकामना दिएका छन्।
भारतको ७६ औ गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतालाई न्यानो बधाई भनेका छन्।
सामाजिक सञ्जाल एक्सबाट शुभकामना र बधाई दिएका हुन्। बधाई तथा शुभकामना सन्देशमा ओलीले लोकतन्त्र, राष्ट्रिय एकता र दुई देशको मित्रताको अझ अगाडि जाने कामना गरेका छन्।
भारतले सन १९५० जनवरी २६ मा भारतीय संविधान जारी भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएको छ।
भारतले यस वर्ष गणतन्त्र दिवसमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोलाई प्रमुख अतिथि बनाउने भएको छ।
प्रकाशित मिति: १४:५१ बजे, आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












