Kathmandu Press

संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने 

हिउँदे अधिवेशनमा प्रधानमन्त्री आलीसँगै सत्ता पक्ष र प्रतिपक्षका शीर्ष नेताहरुले पनि सम्बोधन गर्ने छन्। संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन माघ १८ गते १ बजेका लागि आह्वान गरिएको छ। 
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने 

काठमाडौं, माघ १३ : आगामी शुक्रबारबाट शुरु हुने संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।

हिउँदे अधिवेशनमा प्रधानमन्त्री आलीसँगै सत्ता पक्ष र प्रतिपक्षका शीर्ष नेताहरुले पनि सम्बोधन गर्ने छन्। संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन माघ १८ गते १ बजेका लागि आह्वान गरिएको छ। 

बैठक तयारीका लागि सभामुख देवराज घिमिरेले आजै सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। 

सभामुख घिमिरेले हिउँदे अधिवेशन, विधेयक, सरकारको तयारीलगायत विषयमा सचेतकहरूसँग छलफल गरेका हुन्। सभामुखले बैठकमा सरकारले ल्याउने विधेयकको तयारीबारे सभामुखले छलफल गरका थिए। 

उनले आगामी संसद् अधिवेशनलाई प्रभावकारी बनाउन पहल गर्न पनि सचेतकहरूसँग आग्रह गरेका थिए। सभामुख घिमिरेले समितिको बैठक नियमित बस्न र विचाराधीन विधेयकलाई टुंगोमा पु¥याउनसमेत सचेतकहरुसँग आग्रह गरेका छन्। 

सभामुख घिमिरेले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग सोमबार सामूहिक रूपमा छलफल गर्ने तय भएको छ। मंगलबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। 
 
प्रकाशित मिति: १४:४८ बजे, आइतबार, माघ १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्