Kathmandu Press

संवैधानिक परिषद्सम्बन्धी विधेयकबारे सभामुखले मागे सत्तापक्षका सांसदहरूको धारणा

संवैधानिक परिषद्सम्बन्धी विधेयकबारे सभामुखले मागे सत्तापक्षका सांसदहरूको धारणा

काठमाडौं, माघ १३ः संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई लिएर सभामुख देवराज घिमिरेले सत्तापक्षका सांसदहरूको धारणा मागेका छन्।

सिंहदरबारमा बिहान नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख सचेतकसँग भएको छलफलमा सभामुख घिमिरेले विधेयकबारे धारणा माग गरेका हुन्। सभामख घिमिरेले आइतबारनै प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग पनि संसद् अधिवेशन, विधेयक, बिजनेस लगायतका विषयमा छलफल गर्दै छन्। 

राष्ट्रिय सभाबाट पारित भएर आएका मर्यादासम्बन्धी विधेयकलाई अगाडि बढाउने कि नबढाउने भनेर प्रष्ट हुन सभामुख घिमिरेले धारणा माग गरेका हुन्। संवैधानिक परिषदसम्बन्धी विधेयक संसद्मा विचाराधीन अवस्थमा छ।

एमाले मुख्य सचेतक महेश बर्तौलाले संसद्मा विचाराधिन संवैधानिक परिषद्सम्बन्धी विधेयकसहित सबै विधेयक अघि बढ्ने बताएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते आह्वान भइसकेको छ।

संसद अधिवेशनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ ।

प्रकाशित मिति: १४:२९ बजे, आइतबार, माघ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्