कांग्रेस संसदीय दलको बैठक आज, यस्ता छन् एजेन्डा
संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।
काठमाडौं, माघ १३ : नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।
संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा सरकारले ल्याएका अध्यादेश, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि नै प्रस्तुत भइसकेका विधेयकहरूमाथि छलफल हुने बताईएको छ ।
आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।
प्रकाशित मिति: ०८:०१ बजे, आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












