Kathmandu Press

आजको मौसम : हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना 

तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । दिउँसो भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको र कोशी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
आजको मौसम : हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना 
Hardik ivf

काठमाडौं, माघ १३ : जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको मौसममा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । जसका कारण आज बिहान कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । 

तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । दिउँसो भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको र कोशी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै बागमती ,गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ ।   

यसैगरी सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा मौसम सफा रहने सम्भावना रहेको छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । 
 

प्रकाशित मिति: ०७:४९ बजे, आइतबार, माघ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्