Kathmandu Press

संसद अधिवेशनमा एकढिक्का भएर सामना गर्ने कांग्रेस पूर्वपदाधिकारी बैठकको निर्णय

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आगामी संसद अधिवेशनमा पेस हुने विधेयकका विषयमा छलफल भएको जानकारी दिए।
संसद अधिवेशनमा एकढिक्का भएर सामना गर्ने कांग्रेस पूर्वपदाधिकारी बैठकको निर्णय

काठमाडौं, माघ १२ : नेपाली कांग्रेसको पूर्व पदाधिकारी बैठकले दुई दलले बनाएको संयन्त्रबारे छलफल गरेको छ।

शनिबार बसेको बैठकले मन्त्री र दुई दलले बनाएको समयन्त्रबारे छलफल गरिएको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बताए।

Hardik ivf

‘हाम्रा मन्त्रीज्यूहरु र सरकारले जुन संयन्त्र बनाएको छ त्यसबारे समीक्षा भयो। दुई दलले बनाएको संयन्त्रले के गरिरहेको छ र सँगसंगै अध्यादेश जुन आएको छ त्यसको औचित्यका विषयमा तथा समग्रमा सरकार कसरी गइरहेको छ भन्ने विषयमा छलफल भएको छ,’ डा. महतले भने।

यसैगरी लामो समयदेखि संसदमा विचाराधिन रहेका विधेयकहरुलाई आउँदो अधिवेशनमा तदारुकताका साथ पास गर्ने विषयमा पनि पूर्वपदाधिकारी बैठकमा छलफल गरिएको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आगामी संसद अधिवेशनमा पेस हुने विधेयकका विषयमा छलफल भएको जानकारी दिए। उनले कांग्रेसका मन्त्रीहरुको काम कारवाहीका विषयमा पनि समीक्षा भएको बताए।

 

प्रकाशित मिति: १९:१३ बजे, शनिबार, माघ १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्