Kathmandu Press

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अगाडि बढाउन प्रयास भइरहेको छ’

उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासको लागि बजेटको व्यवस्था, भवनको लागि बजेटको व्यवस्था, एमविविएसको लागि कक्षा सञ्चालन गर्ने प्रक्रियाको बारेमा प्रतिवद्धता गरि सबै व्यवस्था गरेका बताए।
‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अगाडि बढाउन प्रयास भइरहेको छ’

दाङ, माघ १२ : नेकपा माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अगाडि बढाउनका लागि लगातार प्रयास गरिरहेको बताएका छन्। 

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमनपछि आयोजित कार्यक्रममा उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासको लागि बजेटको व्यवस्था, भवनको लागि बजेटको व्यवस्था, एमविविएसको लागि कक्षा सञ्चालन गर्ने प्रक्रियाको बारेमा प्रतिवद्धता गरि सबै व्यवस्था गरेका बताएका हुन्। 

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकालाई अगाडि बढाउन हामी लगातार प्रयास गरिरहेका छाैं। यसको स्थापना कालमा ऐन निमार्णको समयमा पनि हामीले प्रतिष्ठान सम्बन्धि ऐन बनाउन जोड दियाैं,’ उनले भने, ‘यो राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको विकासको लागि बजेटको व्यवस्था, भवनको लागि बजेटको व्यवस्था, एमविविएसको लागि कक्षा सञ्चालन गर्ने प्रक्रियाको बारेमा प्रतिवद्धता गरि सबै व्यवस्था गरेका छौँ । झण्डै ३० करोड बजेटको व्यवस्था गर्यौँ। हाम्रो तर्फबाट यो प्रतिष्ठानको चौतर्फि बिकासको लागि निरन्तर प्रयास भइरहेको छ।’

उनले प्रतिष्ठानमा माओवादीको नेतृत्वमा थप ४ सय वेडहरु थप्ने प्रक्रिया सुरु भएको बताए। 

‘हाम्रो नेतृत्वमा थप ४  सय ओटा वेडहरु थप्ने प्रक्रिया सुरु भएको हो। अब चार सय वेड थपिँदा यहाँ साढे ७ सय वेड भएपछि मात्र अहिलेको यो बिरामीको चापलाई सम्बोधन गर्न सकिन्छ भने महसुस गरेको छु । यसको बिकासको लागि म सदन र सरकारमा  यो बिषयलाई गम्भिर रुपमा उठाउँछु,’ उनले भने।
 

प्रकाशित मिति: १६:०९ बजे, शनिबार, माघ १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्