Kathmandu Press

एपिएफ एन्फा महिला लिगको फाइनलमा

शनिबार एन्फा कम्प्लेक्स मैदानमा भएको क्वालिफायर १मा त्रिभुनव आर्मी क्लबमाथि २-१को पुनरागमन जित निकाल्दै एपिएफ फाइनलमा पुगेको हो। 
एपिएफ एन्फा महिला लिगको फाइनलमा

काठमाडाैं, माघ १२ : विभागी डर्बीमा जित निकाल्दै एपिएफ क्लब एन्फा महिला लिगको फाइनलमा प्रवेश गरेको छ। 

शनिबार एन्फा कम्प्लेक्स मैदानमा भएको क्वालिफायर १मा त्रिभुनव आर्मी क्लबमाथि २-१को पुनरागमन जित निकाल्दै एपिएफ फाइनलमा पुगेको हो। 

अब एपिएफले उपाधिका लागि क्वालिफायर २ को विजेतासँग खेल्ने छ। क्वाफिायर २मा आर्मीले नेपाल पुलिस क्लबसँग खेल्नेछ।

एपिएफलाई पुनरागमन जित दिलाउन रश्मीकुमारी घिसिङले २ गोल गरिन् भने आर्मीका हिमा चौधरीले गोल गरिन्। 

आठौं मिनेटमा हिमाको गोलमा आर्मीले सुरूवाती अग्रता लियो। ७८औं मिनेटमा आर्मीको डिफेन्सको गल्तीको फाइदा उठाउँदै रश्मीले एपीएफलाई बराबरीमा ल्याइन्। त्यसपछि ८७औं मिनेटमा रश्मीले नै गोल गरेपछि एपिएफले खेल २–१ले जित्यो। 

प्रकाशित मिति: १५:४० बजे, शनिबार, माघ १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्