Kathmandu Press

राइट टु प्रोटिन’ हाफ म्याराथको उपाधि सन्तोषी र राजनले जित

सन्तोषीले महिला र राजनले पुरुष तर्फको उपाधि जितेका हुन्। दुवैले १ लाख ५० हजार रूपैयाँ प्राप्त गरे।
राइट टु प्रोटिन’ हाफ म्याराथको उपाधि सन्तोषी र राजनले जित

काठमाडौं, माघ १२ : चौथो संस्करणको ‘राइट टु प्रोटिन’ हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठ र राजन रोकायले जितेका छन्। सन्तोषीले महिला र राजनले पुरुष तर्फको उपाधि जितेका हुन्।

लागतार दोस्रो तथा समग्रमा तेस्रो पटक प्रतियोगिताको उपाधि जित्ने क्रममा सन्तोषीले निर्धारित दुरी १ घण्टा २० मिनेट ४८ सेकेन्डमा पूरा गरिन्।  यो विधानमा १ घण्टा २२ मिनेट ५१ सेकेन्डमा दुरी पुरा गर्दै  आर्मीकी पूर्णलक्ष्मी न्यौपाने दोश्रो बन्दा १ घण्टा २४ मिनेट २१ सेकेन्डमा दुरी पुरा गर्दै एपीएफकी पुष्पा भण्डारी तेश्रो भइन्। आर्मीकी निर्मला केसीले चौथो तथा नेपाल प्रहरीकी सुमित्रा चौधरीले पाँचौं भए।

Hardik ivf

यस्तै, पुरुषतर्फ राजननले हाफको म्यारथनको निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ०६ मिनेट १० सेकेन्डमा पूरा गरे।  राजनभन्दा ५ सेकेन्डले पछि रहेको आर्मीकै खडकबहादुर खड्का १ घण्टा ०६ मिनेट १५ सेकेन्ड समयसहित दोस्रो भए। १ घण्टा ०६ मिनेट २० सेकेन्ड समयमा निर्धारित दुरी पार गरेका वाहोमका जुलियस मुरलुकी तेश्रो बने। आर्मीका मुकेशबहादुर पाल र सुशीलकुमार शाही क्रमशः चौथो र पाँचौं स्थानमा रहे।

पुरुष र महिला दुवैमा शीर्ष ५ स्थानमा रहनेले क्रमशः १ लाख ५० हजार, १ लाख, ७० हजार, ५० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गरे।

यस्तै, दश किलोमिटर (खुला) पुरुषतर्फ सञ्जय श्रेष्ठ, पाँच किमी (खुला) महिलातर्फ फूलमति राना, कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किमी (पुरुष)तर्फ लोकेन्द्र बोहरा र तीन किमी महिलातर्फ अस्मिता भुजेल, तथा फरक क्षमता भएका व्यक्तिहरुका लागि ह्विलचियर दौड (महिला तथा पुरुष)तर्फ ऐश्वर्यकुमारी कुमाल र रमेश खत्री प्रथम भए। 

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलगायत विशिष्ट अधिकारीले विजयी खेलाडीलाई नगद पुरस्कार, प्रमाणपत्र र पदक प्रदान गरे। 

प्रतियोगिताअन्तर्गत पाँच किमी दौडमा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौं हुने खेलाडीले क्रमशः रु ३० हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार प्राप्त गरे भने तीन किमी दौडमा पहिलो हुने खेलाडीले रु २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले पाँच हजार र पाँचौं स्थान हासिल गर्ने खेलाडीले दुई हजार पाँच सय प्राप्त गरे।
       
ह्विलचियरतर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीले ३० हजार, दोस्रो हुने खेलाडीले रु २० हजार प्राप्त गरे । त्यसैगरी तेस्रो हुने खेलाडीले रु १५ हजार, चौथोले १० हजार र पाँचौँ हुने खेलाडीले पाँच हजार पाएका छन्। 

प्रतियोगितामा विभागीयसहित करिब आठ हजार धावकको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति: १५:१३ बजे, शनिबार, माघ १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्