Kathmandu Press

सेयर बजार घटेर ११ सयको बिन्दुमा

काठमाडौं, फागुन १९ : साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार घटेर ११ सयको अंकमा झरेकोे छ । आइतबार ४.९५ अंकले घटेर ११ सयको बिन....

सेयर बजार घटेर ११ सयको बिन्दुमा
काठमाडौं प्रेस

काठमाडौं, फागुन १९ : साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार घटेर ११ सयको अंकमा झरेकोे छ । आइतबार ४.९५ अंकले घटेर ११ सयको बिन्दुमा पुगेको हो ।

आइतबार होटल समूहको बाहेक सबै समूहको सेयर बजारमा गिरावट आएको हो । २३ करोड ५३ लाख २० हजार नौ सय ४० रुपैयाँ बराबरको आठ लाख ७३ हजार चार सय ९५ कित्ता सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर खरिद बिक्री भएको छ । नेपाल लाइफले ४८.५ प्रतिशत लाभांश दिने घोषणा गरेसँगै आइतबार दुई करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस शेयर र २३.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो । इन्स्योरेन्सको आइतरबार एक हजार ४८ रुपैयाँमा प्रतिकित्ता कारोबार भएको छ ।

 

प्रकाशित मिति: १५:१९ बजे, आइतबार, फागुन १९, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्