Kathmandu Press

अवस्थामा परिवर्तन भएन भन्ने खालका गलत प्रचार गरियो : मन्त्री सिंह

उनले व्यवस्था परिवर्तन भएपनि अवस्थामा परिवर्तन भएन भन्ने खालका गलत प्रचारहरु भइरहेको भन्दै सरकारले धेरै परिवर्तनहरु गरेको बताए। 
अवस्थामा परिवर्तन भएन भन्ने खालका गलत प्रचार गरियो : मन्त्री सिंह

काठमाडौं, माघ १२ : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले विधेयकहरुलाई कानूनमा परिणत गर्ने र बाँकी रहेका कामहरुलाई जोड दिएर अगाडि बढाउने पक्षमा लागि रहेको बताएका छन्। 

बुद्धनगर टोल सुधार समितिको २२औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले व्यवस्था परिवर्तन भएपनि अवस्थामा परिवर्तन भएन भन्ने खालका गलत प्रचारहरु भइरहेको भन्दै सरकारले धेरै परिवर्तनहरु गरेको बताए। 

Hardik ivf

‘अहिले जुन सरकार बनेको छ। यो सरकारले खास गरेर विधेयकहरुलाई कानूनमा परिणत गर्ने कामदेखि सबै बाँकी कामहरुलाई जोड दिएर अगाडि बढेको छ । ०४६ सालपछि परिवर्तन आइसकेपछि कतिको फरक भएको छ भन्ने कुरा सबैले देखेका छौं,’ उनले भने, ‘तर अहिले आएर व्यवस्था परिवर्तन भयो तर अवस्थामा परिवर्तन भएन भन्ने खालका गलत प्रचार भएको छ। यसमा बुझ्नु पर्ने कुरा के हो भने पहिला र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको छ।’

उनले सही र गलतको फरक गर्ने कुरामा संवेदनशील भएर सोच्नुपर्ने भन्दै अस्वस्थ्य प्रतिस्पर्धाको पछि लाग्ने हो भने देशले सही दिशा नपाउने बताए। 
 

प्रकाशित मिति: १३:११ बजे, शनिबार, माघ १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्