Kathmandu Press

माओवादीप्रति जनता सकारात्मक छन्, अब एक्लै चुनाव लड्छाैं : अध्यक्ष दाहाल

उनले यो सरकार आगामी चुनावसम्म सत्तामा रहे नेकपा माओवादी केन्द्रलाई फाइदा हुने बताए। 
माओवादीप्रति जनता सकारात्मक छन्, अब एक्लै चुनाव लड्छाैं : अध्यक्ष दाहाल

दाङ, माघ १२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू जनताका पीरमर्का बुझ्न जनतामाझ गइरहेको बताउँदै माओवादीप्रति उनीहरुको धारणा सकारात्मक रहेको बताएका छन्।

प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटमा उनले यो सरकार आगामी चुनावसम्म सत्तामा रहे नेकपा माओवादी केन्द्रलाई फाइदा हुने बताए। 

‘जनताले हामीप्रति धेरै आशा गर्नुभएको छ, त्यसैले सरकार गिराउनेतिर हामी लागेका छैनौं,’ उनले भने।

सत्तारुढ राजनीतिक दलहरुमा समस्या रहेको र माओवादी केन्द्रभित्र पनि केही त्रुटि रहेका स्वीकार गर्दै तिनलाई सच्च्याएर अगाडि बढ्ने उनले जोड दिए। उनले आगामी चुनावमा माओवादी एक्लैले प्रतिस्पर्धा गर्ने बताए। 

प्रकाशित मिति: १२:०५ बजे, शनिबार, माघ १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्