Kathmandu Press

अखिल क्रान्तिकारीको निर्वाचन: योगेन्द्र बुढाले फिर्ता लिए उम्मेदवारी, विजय सापकोटालाई समर्थन

बुढाले शुक्रबार बेलुकी विज्ञप्ति जारी गरेर उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।
अखिल क्रान्तिकारीको निर्वाचन: योगेन्द्र बुढाले फिर्ता लिए उम्मेदवारी, विजय सापकोटालाई समर्थन

काठमाडौं, माघ ११ : अखिल क्रान्तिकारीको अध्यक्षका लागि उम्मेदवारी दिएका योगेन्द्र बुढाले उम्मेदवारी फिर्ता लिएका छन्।

बुढाले शुक्रबार बेलुकी विज्ञप्ति जारी गरेर उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।

उनले अध्यक्षमा विजयप्रकाश सापकोटालाई समर्थन गरेका छन्।

'मैले मेरो उम्मेदवारी फिर्ता लिई अध्यक्षका उम्मेदवार कमरेड विजयप्रकाश शर्मा सापकोटालाई समर्थन गर्ने निर्णय गरेको छु,' बुढाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

योसँगै अखिल क्रान्तिकारीको अध्यक्षका लागि चार जनाको भिडन्त हुने पक्का भएको छ।

सापकोटासँगै उपदेश यादव, सुदिन पौडेल र हेमन्त राईको उम्मेदवारी कायम छ।

यसअघि विश्वमणि थापाले पनि उम्मेदवारी फिर्ता लिएका थिए।

महासचिवमा उम्मेदवारी दिएका १० जनामध्ये गोबिन्द बानियाँ र रोशन खड्काले उम्मेदवार फिर्ता लिएका छन्।  

अब तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामकुमार मिजार, सञ्जयकुमार महतो र सञ्जिव फुयाँलबीच महासचिवमा प्रतिस्पर्धा हुनेछ।

क्रान्तिकारीको ३३ पदाधिकारीसहित कुल ३१२  पदका लागि भोलि बिहान मतदान हुनेछ।

प्रकाशित मिति: २१:०३ बजे, शुक्रबार, माघ ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्