Kathmandu Press

सेती नदीमा पुल: चार वर्षमा आधामात्रै काम

हालसम्म जम्मा ५२.१८ प्रतिशत मात्र भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ।
सेती नदीमा पुल: चार वर्षमा आधामात्रै काम

तनहुँ, माघ ११ : यहाँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सेती नदीमा निर्माणाधीन एक सय ५० मिटर लम्बाइको पुल चार वर्षमा आधा मात्रै निर्माण भएको छ।

हालसम्म जम्मा ५२.१८ प्रतिशत मात्र भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ।

उक्त पुल निर्माण गर्न विसं २०७७ पुस ५ गते सम्झौता भएको सो कार्यालयका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए।

Hardik ivf

विसं २०८० जेठ २५ गतेसम्म सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि काम नसकिएपछि अन्तिम पटकका लागि विसं २०८२ मङ्सिर २० गतेसम्मको म्याद थप गरिएको उनले बताए।  

पुल निर्माणका लागि  १५ करोड ५९ लाख १७ हजार छ सय ९९ मा एमएस महादेव खिम्ती अन्जनय पराजुली जेभीले ठेक्का लिएको थियो।

उक्त पुल निर्माणमा हालसम्म ८ करोड १३ लाख ६२ हजार पाँच सय ३३ खर्च भएको तिवारीले जानकारी दिइन्।  

चालु आर्थिक वर्षमा जिल्लामा नौ वटा सडक पुल निर्माणाधीन छन्।

त्यसमध्ये चार वटा पुराना र पाँच वटा नयाँ छन् । विस्तृत अध्ययन तयार भएको र अन्य बाँकी सडक पुल सङ्ख्या २३ वटा छन्।

चार वटा सडकपुल मौलाकाली जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा छ भने बाँकी १९ वटा पुल कार्यान्वयनमा लैजान सक्ने अवस्थामा रहेको तिवारीले बताए।

प्रकाशित मिति: १९:२६ बजे, शुक्रबार, माघ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्