Kathmandu Press

अखिल क्रान्तिकारीको निर्वाचन: अध्यक्षमा ५ र महासचिवमा ८ जना उम्मेदवार, यस्तो छ अन्तिम सूची

मनोनयन दर्ताका दिन अध्यक्षमा ६ जनाले र महासचिवमा १० जनाले उम्मेदवारी दिएका थिए।
अखिल क्रान्तिकारीको निर्वाचन: अध्यक्षमा ५ र महासचिवमा ८ जना उम्मेदवार, यस्तो छ अन्तिम सूची

काठमाडौं, माघ ११ : नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को शनिबार हुने निर्वाचनका लागि उम्मेदवारको अन्तिम सूची सार्वजनिक भएको छ।

शुक्रबार साँझ सार्वजनिक भएको सूची अनुसार अध्यक्षमा पाँच जना र महासचिवमा ८ जना भिड्ने भएका छन्।

मनोनयन दर्ताका दिन अध्यक्षमा ६ जनाले र महासचिवमा १० जनाले उम्मेदवारी दिएका थिए।

अध्यक्षका उम्मेदवार विश्वमणि थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनी उपाध्यक्ष पम्फा भूसाल निकटका हुन्।

बाँकी रहेका अध्यक्षका उम्मेदवारहरू उपदेश यादव, योगेन्द्र बुढा, विजय सापकोटा, सुदिन पौडेल र हेमन्त राई छन्।

यादव उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकटका हुन्। योगेन्द्र बुढा उपाध्यक्ष कृष्णबहादुर महरा, विजय सापकोटा उपमहासचिव शक्ति बस्नेत, सुदिन पौडेल वर्षमान निकटका र हेमन्त राई जनार्दन शर्मा निकटका हुन्।

महासचिवका दुई उम्मेदवार गोबिन्द बानियाँ र रोशन खड्काले उम्मेदवार फिर्ता लिएका छन्। महासचिवका लागि १० जनाले उम्मेदवारी दिएका थिए।

८ महासचिवमा तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामकुमार मिजार, सञ्जयकुमार महतो र सञ्जिव फुयाँल छन्।

 क्रान्तिकारीको ३३ पदाधिकारीसहित कुल ३१२  पदका लागि भोलि बिहान मतदान हुनेछ।

यस्तो छ उम्मेदवारको सूची

प्रकाशित मिति: १९:०६ बजे, शुक्रबार, माघ ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्