Kathmandu Press

निर्माण र पूर्वाधारको क्षेत्रमा नेपाल अगाडि बढिसक्यो: प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको बताएका छन्।
निर्माण र पूर्वाधारको क्षेत्रमा नेपाल अगाडि बढिसक्यो: प्रधानमन्त्री 

काठमाडौं, माघ १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको बताएका छन्।

बुटवल–गोरुसिंगे सडकखण्डको स्तरोन्नति कार्यको शिलान्यास तथा सम्बोधनसभालाई आज भर्चुअल माध्यमबाट मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले सुरुडमार्ग, प्रशासनिक तथा अस्पताल भवन निर्माण र अन्य विकासका कामलाई सरकारले तीव्रता दिने बताएका छन्।

उनले आगामी तीन वर्षभित्र बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार गरिसक्ने घोषणा गरेका हुन्।

आजै सिद्धबाबा सुरुङमार्गको सफलतापूर्वक ब्रेक थु्र हुनु एक उपलब्धि भएको बताउँदै उनले उच्च संकल्प र आँटका साथ देशको विकास हामीहरू आफैँले गर्नुपर्ने जोड दिँदै यसमा विदेशी सहयोगी हातहरूको पनि साथ लिने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले धर्म, जात र अनेक नाममा विभाजन र भ्रम फैलाउन खोज्ने पक्षहरूलाई बेवास्ता गरी एकताबद्ध भई देश बनाउने मार्गमा अग्रसर हुन सबैमा आग्रह गरे।

कार्यक्रममा उपप्रधानमन्त्रीहरू प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेललगायतले सम्बोधन गरेका थिए।

प्रकाशित मिति: १७:५७ बजे, शुक्रबार, माघ ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्