रविको थुनछेक बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयान सकिएर बुधबारदेखि थुनछेक बहस सुरु भएको हो। न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबारबाट थुनछेक बहस जारी छ।
बुटवल, माघ ११ : सहकारीको रकम अपचलनमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस शुक्रबार नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयान सकिएर बुधबारदेखि थुनछेक बहस सुरु भएको हो। न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबारबाट थुनछेक बहस जारी छ।
सरकारी वकिल र जाहेरवालाका तर्फबाट बहस सकिएको छ। प्रतिवादी लामिछानेका तर्फबाट शुक्रबार वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका छन्।
बहस नसकिएपछि आइतबार पुनः इजलासमा उपस्थित हुने गरी लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ। प्रतिवादीका वकीलको थुनछेक बहस सकिएपछि सरकारी वकीलले जवाफ दिने छन्।
त्यसपछि धरौटी तारिखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भनेर अदालतबाट एउटा आदेश आउने छ।
प्रकाशित मिति: १७:३५ बजे, शुक्रबार, माघ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार