परराष्ट्र मन्त्रालयले भन्यो– भारतमा रेल दुर्घटनामा ७ नेपालीको मृत्यु, सबैको पहिचान खुल्यो
मन्त्रालयका अनुसार दुर्घटनामा अछामका ४, कैलालीका २ र बाँकेका एक जनाको मृत्यु भएको छ।काठमाडौं, माघ ११ : बुधबार साँझ भारतको महाराष्ट्रमा भउको रेल दुर्घटनामा परी मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गर्दै सो दुर्घटनामा थप ४ जना नेपाली घाइते भएको र त्यसमध्ये १ जनाको अवस्था गम्भीर रहेको जनाएको छ।
मन्त्रालयका अनुसार दुर्घटनामा अछामका ४, कैलालीका २ र बाँकेका एक जनाको मृत्यु भएको छ।
मत्यु हुनेमा अछाम मंगलसेनका ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा, ११ वर्षीय हिमुनन्दराम विश्वकर्मा र अछाम कमलबजारकी ६० वर्षीया जोक्ला उर्फ कला कामी, कैलालीकी ४३ वर्षीया कमलानवीन भण्डारी र ४० वर्षीय लछिराम पासी तथा बाँके, डंडुवाका ३२ वर्षीय राधेश्याम राध छन्।
दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको परारष्ट्र मन्त्रालयले जनाएको छ। घाइतेहरूको शीघ्र उपचारका लागि पनि पहल गरिएको मन्त्रालय जनाएका ेछ।
रेल दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो ।