Kathmandu Press

सरकार परिवर्तन हुन्छ भन्दै अस्थिरता मच्चाउनेको हल्ला पछि नलागौं : प्रधानमन्त्री 

पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको शुक्रबार सरकानरी निवास बालुवाटारबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्।
सरकार परिवर्तन हुन्छ भन्दै अस्थिरता मच्चाउनेको हल्ला पछि नलागौं : प्रधानमन्त्री 

काठमाडौं, माघ ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्चाउनेको हल्ला पछि नलाग्न आग्रह गरेका छन्। 

सरकार परिवर्तनको हल्ला अर्थहीन भएको भनाई प्रधानमन्त्री ओलीको छ। पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको शुक्रबार सरकानरी निवास बालुवाटारबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्।

Hardik ivf

‘सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्चाउने तत्त्वहरुले चलाएको हल्लाको पछि नलाग्न म आग्रह गर्छु,’ उद्घाटन मन्तव्यकाक्रममा प्रधानमन्त्री ओलीले भने, ‘नेकपा एमाले र नेपाली काँग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर अघि बढ्छ।’ 

उनले दुई ठूला दलको पूर्व सहमतिमा कुनै फेरबदल नहुने पनि बताए । संवोधनकाक्रममा प्रधानमन्त्री ओलीले पाल्पा एक ऊर्बर भूमि र साक्षर जिल्ला भएकाले विकास निर्माणको मार्गलाई अझ तीव्ररुपमा अगाडि बढाउन पनि आग्रह गरे। 

उनले केही मानिसले विकासका कामलाई सुन्न नचाहेर विकासविरोधी कुरा गरिरहे पनि त्यस्ता कुराहरुको अर्थ नहुने पनि बताए। 
 

प्रकाशित मिति: १५:४२ बजे, शुक्रबार, माघ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्