लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सुरु
जाहेरीवाला पीडितको तर्फबाट बहस सुरु भएको हो। जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा शुरु भएको थुनछेक बहसमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गरिरहेका छन्।
रूपन्देही, माघ ११ : सहकारीको रकम अपचलन प्रकरणमा मुद्दा चलाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस शुरु भएको छ।
जाहेरीवाला पीडितको तर्फबाट बहस सुरु भएको हो। जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा शुरु भएको थुनछेक बहसमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गरिरहेका छन्।
पीडिततर्फको वहश सकिएपछि लामिछानेतर्फका कानुनव्यवसायीले बहस गर्ने तयारी गरेका छन्। लामिछानेका तर्फबाट कानुनव्यवसायी सुशील पन्त, सुरेन्द्र थापा, नारायणदत्त कँडेल, सुनिता राउत, सञ्जय गोलेलगायतले बहस गर्न वकालतनामा दर्ता गरेका छन्।
सुप्रिम सहकारीको ठगी प्रकरणमा लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, गितेन्द्रबाबु (जीवी) राई सहितका २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा गत आइतबार पूरक अभियोगपत्र दर्ता भएको हो।
सुप्रिम सहकारीबाट १० करोड ९९ लाख ३६ हजार रुपैयाँ झिकेर अपचलन गरेको दाबीसहित सजायको माग राखेर रुपन्देही अदालतमा मुद्दा दायर भएको छ।