Kathmandu Press

कांग्रेसले बोलायो संसदीय दलको बैठक

बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल छ।
कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं, माघ ११ : सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। 

कांग्रेसले आइतबार दिउँसो २ बजेका लागि संसदीय दलको बैकठ बोलाएको हो। बैठक संघीय संसद भवनको लोत्से हलमा बैठक बस्नेछ।

बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल छ।

संसदको हिउँदे अधिवेश बस्नुअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। हिउँदे अधिवेशन माघ १८ गते बोलाइएको छ।

प्रकाशित मिति: १२:३१ बजे, शुक्रबार, माघ ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्