Kathmandu Press

अध्यक्ष दाहाल दाङमा, खबरदारी सभालाईसम्बोधन गर्ने 

आज शुक्रबार तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्न उनी दाङ पुगेका हुन्। 
अध्यक्ष दाहाल दाङमा, खबरदारी सभालाईसम्बोधन गर्ने 

दाङ, माघ ११ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाङ पुगेका छन्। 

आज शुक्रबार तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्न उनी दाङ पुगेका हुन्। 

अध्यक्ष दाहालले तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय माविमा पुगेर सहिद सन्ततिसँग भेटघाट गर्ने र साझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

अध्यक्ष दाहाल भोलि घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौं फर्कने छन्। 
 
प्रकाशित मिति: ११:०५ बजे, शुक्रबार, माघ ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्