Kathmandu Press

आजको मौसम : कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली 

विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।
आजको मौसम : कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली 

काठमाडौं, माघ ११ : हाल देशको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम  सफा रहेको छ ।  

अहिले तराईका धेरै  भागमा हुस्सु लागेको छ भने यो क्रम यो  साताभर रहने  महाशाखाले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।  कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

त्यसैगरी, राति कोशी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। आगामी २४ घण्टामा  कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।  

प्रकाशित मिति: ०७:५५ बजे, शुक्रबार, माघ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्