Kathmandu Press

५ लाख धरौटीमा छुटे लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव पोखरेल

ठगी आरोपमा पोखरेल गत २५ पुसमा पक्राउ परेका थिए।
५ लाख धरौटीमा छुटे लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव पोखरेल

मोरङ, माघ ९ : प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल धरौटीमा रिहा भएका छन्।

उनीविरूद्ध  बुधबार जिल्ला अदालत मोरङमा ठगी मुद्दा दर्ता भएको थियो। जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले बिहीबार उनलाई पाँच लाख धरौटीमा रिहा गरेको हो।

ठगी आरोपमा पोखरेल गत २५ पुसमा पक्राउ परेका थिए।

उनीविरूद्ध सरकारी वकिलको कार्यालयले ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी गरेको थियो। बिहीबार बयान र थुनछेक बहसपछि उनी छुटेका हुन्।

 एबीबीबीएसमा नाम निकालिदिने नाममा ठगी गरेको आरोप पोखरेलमाथि छ। पैसा फिर्ता माग्दा जबरजस्ती ५० लाख रुपैयाँ ऋण लिएको कागज बनाएको पीडितको जहेरी अनुरुप ठगी मुद्दा दर्ता गरिएको हो।

ठगी मुद्दामा प्रहरीले अनुसन्धान गर्न नमानेपछि पीडित उच्च अदालत विराटनगरमा रिट लिएका गएका थिए । हुलाक मार्फत पठाएको जाहेरी पनि नलिएको भन्दै २०७९ साउनमा रिट निवेदन दर्ता भएको थियो।

उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध गत भदौ ३१ गते  जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारबाहीको गर्न आदेश दिएको थियो 

त्यसपछि मात्र प्रक्रिया अघि बढेको थियो ।

प्रकाशित मिति: १८:४८ बजे, बिहीबार, माघ १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्