चार देशका राजदूतले राष्ट्रपति पौडेललाई बुझाएर ओहोदाको प्रमाणपत्र
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका विभिन्न चार मूलुकका नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
काठमाडौं, माघ १० : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका विभिन्न चार मूलुकका नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा जापानका आवासीय राजदूत माइदा तोरु, तुर्कमेनिस्तानका गैर–आवासीय राजदूत शालर गेल्डिनजारोभ, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओका गैर–आवासीय राजदूत बाउमी भान्मानी र इस्लामिक गणतन्त्र इरानका गैरआवासीय राजदूत इराज इलाहीले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो।
नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।
प्रकाशित मिति: १७:०८ बजे, बिहीबार, माघ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












