लामिछानेलाई श्रीमतीको जिम्मा लगाएको बिषयमा इजलासमै उठ्यो प्रश्न
विहीबार वहस गर्ने क्रममा सरकारी वकील र पीडितका कानुनव्यवसायीले ठगी र संगठित अपराध कसुरका प्रतिवादीलाई बहस नै नगरी अदालतबाट परिवारको जिम्मा लगाएको भन्दै गंभिर प्रश्न उठाएका हुन् । थुनछेक बहसमा जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बहस नै नगरी किन परिवारको जिम्मा लगाइयो भन्दै न्यायाधीश प्रल्हा कुमार योगीको इजलासमा प्रश्न उठाएका हुन् । न्यायाधीश योगीले बुधबार नै लामिछानेको बयान गराएर श्रीमती निकिता पौडेल र वकिलको जिम्मा लगाएका थिए ।बुटवल, माघ १० : बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुद्दा चलाइएका रास्वपा सभापति रवि लामिछानेलाई कानुनव्यवसायी र श्रीमतीको जिम्मा लगाएर छाडिएको बिषयमा सरकारी वकीलले इजलासमा प्रश्न उठाएका छन् ।
विहीबार वहस गर्ने क्रममा सरकारी वकील र पीडितका कानुनव्यवसायीले ठगी र संगठित अपराध कसुरका प्रतिवादीलाई बहस नै नगरी अदालतबाट परिवारको जिम्मा लगाएको भन्दै गंभिर प्रश्न उठाएका हुन् । थुनछेक बहसमा जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बहस नै नगरी किन परिवारको जिम्मा लगाइयो भन्दै न्यायाधीश प्रल्हा कुमार योगीको इजलासमा प्रश्न उठाएका हुन् । न्यायाधीश योगीले बुधबार नै लामिछानेको बयान गराएर श्रीमती निकिता पौडेल र वकिलको जिम्मा लगाएका थिए ।
अदालतमा हाजिर भएकै दिन थप बहस नै नगरी प्रहरी हिरासतमा राख्नु पर्ने व्यक्तिलाई परिवारको जिम्मा लगाइन भएको आदेश गलत भएको दाबी जिल्ला न्यायाधिवक्ता पौडेलको थियो । इजलासमा पौडेलले भने, ‘प्रहरी हिरासतमा राख्नु पर्ने अभियुक्तलाई थुनछेक बहसअघि नै परिवारको जिम्मा लगाएपछि थुनछेक बहसको औचित्य के हुन्छ ? अब त थुनछेक बहसको अर्थ नै भएन ।’ उनले माग नै अभियुक्तलाई हिरासतमै राखेर थप अनुसन्धान हुनुपर्ने रहेको अवस्थामा श्रीमतीको जिम्मा लगाएर छाड्नुले सन्देह उत्पन्न भएको बताए ।
सरकारी वकिल कार्यालय रुपन्देहीले सुप्रिम सहकारी प्रकरणमा ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर आइतबार मुद्दा दर्ता गराएको थियो । उक्त मुद्दामा लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका थिए । थुनछेक बहसकाक्रममा सरकारी वकिलले लामिछानेलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखे ।