Kathmandu Press

नेपालको उत्पादन नेपाली बजारले नै चिन्न नसक्नु दुःखद् : मन्त्री भण्डारी

नेपालको उत्पादन नेपाली बजारले नै चिन्न नसक्नु दुःखद् : मन्त्री भण्डारी

काठमाडौं, माघ १० : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको  उत्पादन विश्व बजारमा चिनिनु भन्दा पहिला स्वदेशमा चिनिनु आवश्यक रहेको बताएका छन्। 

बिहीबार स्वदेशी उत्पादन तथा सेवाहरुको बृहत प्रदर्शनीमा बोल्दै मन्त्री भण्डारीले हाम्रो उत्पादन नेपाली बजारले नै चिन्न नसकेको बताएका हुन्।

‘हाम्रो उत्पादन, हाम्रो ब्राण्ड, हाम्रो गुणस्तर, हाम्रो पहिचान, थुप्रै व्यवसायहरु विश्व बजारमा चिनिनुपर्छ । हाम्रो उत्पादन कस्तो छ? यो पहिलो  कुरा त हाम्रो यति राम्रो उत्पादन, हाम्रो राम्रो ब्राण्ड र हामीसँग भएको यस्तो राम्रो सीप स्वदेशमा नै चिनिनुपर्छ,’ उनले भने, ‘हामीले विश्व बजारमा हाम्रो उत्पादन चिनाउनु भन्दा पहिले स्वदेशमा चिनिनुपर्ने आवश्यक छ। हामीले उत्पादन गरेको वस्तु हामीहरुले  नेपाली बजारले नै नचिन्ने एउटा दुखद कुरा हो।’

यसैगरी उनले हामीले निर्यात गरेका सबै वस्तुहरुमा राम्रो प्रतिफल ल्याउन नसकेको बताए। उनले लामो समयदेखि धरमराई रहेको नेपालको उद्योग उठाउनुपर्ने जरुरी रहेको बताए।

‘जबसम्म वस्तुको भ्यालु, यसको ब्राण्ड, हाम्रो सम्भावनहरु कहाँ कहाँसम्म छ त्यो बुझ्नुपर्छ । हामीले अहिलेसम्म जे दिन सकेका छौँ विश्व बजारमा कतिपय राम्रो निर्यात पनि गरेका छौं,’ उनले भने, ‘केही निर्यात गरेका सबै वस्तुहरुमा सोचेजस्तो राम्रो प्रतिफल ल्याउन सकेनौँ। तर अब लामो समयदेखि धरमराई रहेको नेपालको उद्योग उठाउनुपर्ने छ।’
सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादित वस्तुहरुमा नेपालको सम्भावना धेरै नै रहेको बताए। उनले धेरै उत्पादित वस्तुहरु उत्पादन गर्न सक्ने क्षमतामा नेपाल पनि भएको बताए।

‘नेपाल धेरै उत्पादित वस्तु उत्पादन गर्नसक्छ। उत्पादित वस्तुहरु उत्पादन गर्न सक्ने क्षमतामा हाम्रो  देशमा पनि छ । यहाँको आफ्नै उत्पादनलाई प्रमोट गर्न आवश्यक छ,’ मन्त्री भण्डारीले भने।

प्रकाशित मिति: १४:५४ बजे, बिहीबार, माघ १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्