Kathmandu Press

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त

सामाजिक सञ्जालमा नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको ननले उल्लेख गरेकी छिन्। 
भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त

काठमाडौं, माघ १० : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन्।

मन्त्री राणाले सामाजिक सञ्जालमार्फत् दुर्घटनाप्रति दुःख व्यक्त गरेकी हुन्। सामाजिक सञ्जालमा नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको ननले उल्लेख गरेकी छिन्। 

उनले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेकी छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छन् । 

बिहीबार बिहान भारतका लागि नेपाली राजदूत र नेपालस्थित भारतीय राजदूतलाई टेलिफोन सम्पर्क गरी उद्धार तथा घाइतेको उपचारमा तदारुकताका साथ लाग्न भारत सरकार तथा सरोकार भएका निकायसँग आग्रह गरेकी थिइन्। 

बुधबार राती भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी चार नेपालीसहित ११ जना भारतीयको ज्यान गएको थियो। 
 

प्रकाशित मिति: १४:४५ बजे, बिहीबार, माघ १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्