रविको थुनछेक बहस सुरु
परिवार र वकिलको जिम्माजमानीमा छाडिएका लामिछाने सुनुवाईकाक्रममा बिहीबार अदालतमा उपस्थित भएका छन्।
रुपन्देही, माघ १० : सुप्रिम सहकारी ठगी प्रकरणको आरोपमा मुद्दा चलाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस रुपन्देही जिल्ला अदालतमा सुरु भएको छ।
अदालत खुलेलगत्तै थुनछेक वहश शुरु भएको हो। ठगी प्रकरणमा बुधबार बयान सकिएको थियो। परिवार र वकिलको जिम्माजमानीमा छाडिएका लामिछाने सुनुवाईकाक्रममा बिहीबार अदालतमा उपस्थित भएका छन्।
जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा अहिले सरकारी वकीलले वहश गरिरहेका छन्। सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहित २२ जनाविरुद्ध गत ६ माघमा पूरक अभियोजन दर्ता भएको थियो।
उनीहरुविरुद्ध ठगी र संगठित अपराध कसुरको अभियोगपत्र दर्ता भएको छ।
लामछाने गृहमन्त्री रहेकै बेला सुप्रिम सहकारी ठगी प्रकरणमा गत वैशाख ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
प्रकाशित मिति: १३:२९ बजे, बिहीबार, माघ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












