Kathmandu Press

एनआरएनहरुलाई भिसा दिने प्रावधान गलत : सांसद गिरी

गिरीले नेपालको संविधानले नै एनआरएन नागरिकता सुनिश्चित गरिसकेपछि  एनआरएनहरुलाई आफ्नै मातृभूमि आउँदा भिसा लगाउनुपर्ने प्रावधान संविधानको मर्म विपरित रहेको बताए।
एनआरएनहरुलाई भिसा दिने प्रावधान गलत : सांसद गिरी
फाइल तस्बिर।

काठमाडौं, माघ १० : नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैरआवासीय नेपालीहरुलाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको भन्दै सरकारले त्यसलाई सच्याउनुपर्ने जनाएका छन्।

राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य पनि रहेका गिरीले नेपालको संविधानले नै एनआरएन नागरिकता सुनिश्चित गरिसकेपछि  एनआरएनहरुलाई आफ्नै मातृभूमि आउँदा भिसा लगाउनुपर्ने प्रावधान संविधानको मर्म विपरित रहेको बताए। उनले त्यस्तो प्रावधान संशोधन गर्नुपर्ने बताए।  

Hardik ivf

संसारभर रहेका एनआरएनए नेताहरुले सरकारद्वारा हालै जारी अध्यादेशमा  गैरआवासीय संघले नेपाली नागरिकता लिइसकेका एनआरएनहरुलाई दस वर्ष निशुल्क भिसा दिने प्रावधानको विरोध गरिरहेका छन्। 

गिरीले सरकारको काम सुस्त रहेको बताउँदै सरकारलाई काम गर्न दिनुपर्ने जनाउँदै पटक पटक सरकार बदल्दा देशमा राजनीतिक अस्थिरता हुने पनि जनाए।

उनले रवि लामिछानेको बारेमा अदालतमा मुद्दा विचाराधीन रहेकाले थप टिप्पणी गर्न नचाहेको बताए । 

‘सबै सहकारी पीडितहरुले न्याय पाउनु पर्छ। उनीहरुले आफुले बचत गरेको रकम फिर्ता पाउनुपर्छ । यसमा सरकारले खुट्टा कमाउनु हुँदैन। जुनसुकै पार्टीको भए पनि छुट पाउनु हुँदैन,’ गिरीले भने। 

प्रकाशित मिति: १३:१२ बजे, बिहीबार, माघ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्