Kathmandu Press

लेखा समिति सभापति पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमारविरुद्ध ठगी मुद्दा दर्ता

ठगी आरोपमा पोखरेल गत २५ पुसमा पक्राउ परेका थिए।
लेखा समिति सभापति पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमारविरुद्ध ठगी मुद्दा दर्ता

मोरङ, माघ ९ : सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध बुधबार जिल्ला अदालत मोरङमा ठगी मुद्दा दर्ता भएको छ ।

ठगी आरोपमा पोखरेल गत २५ पुसमा पक्राउ परेका थिए।

प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय, मोरङले पोखरेलविरुद्ध ३८ लाख ८० हजार रकम फिर्ता, सोही बराबरको बिगो र कैद सजायको मागदाबीसहित मुद्दा दर्ता गरेको हो।

मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (३) को देहाय (ग) बमोजिम सजायको मागदाबी छ । उक्त दफा अनुसार ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवना हुनसक्ने व्यवस्था छ । एबीबीबीएसमा नाम निकालिदिने नाममा ठगी गरेको आरोप पोखरेलमाथि छ। पैसा फिर्ता माग्दा जबरजस्ती ५० लाख रुपैयाँ ऋण लिएको कागज बनाएको पीडितको जहेरी अनुरुप ठगी मुद्दा दर्ता गरिएको हो। 

ठगी मुद्दामा प्रहरीले अनुसन्धान गर्न नमानेपछि पीडित उच्च अदालत विराटनगरमा रिट लिएका गएका थिए । हुलाक मार्फत पठाएको जाहेरी पनि नलिएको भन्दै २०७९ साउनमा रिट निवेदन दर्ता भएको थियो।

उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध गत भदौ ३१ गते  जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारबाहीको गर्न आदेश दिएको थियो  

त्यसपछि मात्र प्रक्रिया अघि बढेको थियो । 

 

 

प्रकाशित मिति: १८:५६ बजे, बुधबार, माघ ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्