Kathmandu Press

जथाभावि खर्च गर्ने नेताहरुलाई ठिक ट्रयाकमा ल्याउनुपर्छ : उपसभापति गुरुङ

बुधबार काठमाडौंमा ७३औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले व्यवस्थापनको क्षमता भएन भने जति ऋण र अनुदान ल्याए पनि देश जहाँको त्यहीँ हुने बताएका हुन्। 
जथाभावि खर्च गर्ने नेताहरुलाई ठिक ट्रयाकमा ल्याउनुपर्छ : उपसभापति गुरुङ

काठमाडौं, माघ ९ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पूँजी निर्माणलाई ध्यान नदिई जथाभावि खर्च गर्ने नेताहरुलाई ठिक ट्रयाकमा ल्याउनुपर्ने बताएका छन्। 

बुधबार काठमाडौंमा ७३औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले व्यवस्थापनको क्षमता भएन भने जति ऋण र अनुदान ल्याए पनि देश जहाँको त्यहीँ हुने बताएका हुन्। 

‘बोल्ड म्यानेजमेन्ट स्किल यदी हामीसँग भएन भने जति ऋण जति अनुदान जे ल्याए पनि हामी फेरी जहाँको त्यही उभिन्छौं। हामीसँगै भएको देश कहाँ पुग्यो, तर हामी जहाँको त्यही किन उभिएको छौं?,’ उनले भने, ‘हामी जस्तो पूँजी निर्माणलाई ध्यान नदिई जथाभावि खर्च गर्ने नेताहरुलाई ठिक ट्रयाकमा ल्याउनु हुन्छ कि भन्ने आशा पलाएको छ।’ 

अर्थसचिव रामप्रसाद घिमिरेले आफूहरुबाट कुनै व्यवसायलाई संकुचित हुने खालको क्रियाकलापहरु नभएको दाबी गरे। छुट्टै भन्सार महशुल ऐन आइसकेको कारण धेरै भन्सारमा धेरै सुधार हुने अपेक्षा रहेको बताए। 
 
प्रकाशित मिति: १७:२० बजे, बुधबार, माघ ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्