Kathmandu Press

भारत र चीनको असर नेपालमा समेत देखा पर्छ : सभापति देउवा

बुधबार नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उनले एमसीसी पास गर्ने बेलामा धेरै विरोध भए पनि अहिले आएर सबैले त्यो  साच्चिकै नै राम्रो छ भन्ने लागेको बताए।
भारत र चीनको असर नेपालमा समेत देखा पर्छ : सभापति देउवा

काठमाडौं, माघ ९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हाम्रो देश भारत र चिनको  बीचमा रहेकाले नेपालमा समेत धेरै कुरामा असर पर्ने गरेको बताएका छन्। 

बुधबार नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उनले एमसीसी पास गर्ने बेलामा धेरै विरोध भए पनि अहिले आएर सबैले त्यो  साच्चिकै नै राम्रो छ भन्ने लागेको बताए।

‘हाम्रो देश भारत र चिनको बीचमा छ। यी दुई देशमा परेको असर हाम्रो देशमा नि पर्छ। तर अहिले चाँही एमसीसी पास गर्ने बेलामा र प्रतिनिभिसभाबाट पारित गर्ने क्रममा धेरै विरोधहरु भएँ,’ सभापति देउवाले भने, ‘तर अहिले  आएर सबैले  साच्चिकै राम्रो रहेछ यो एमसीसी भनेर बुझेका छन्।’

कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राज्यले देशलाई विकासमा परिवर्तन गर्न इच्छा शक्ति बढि राख्नुपर्ने बताएका छन्। 

उनले उत्तर दक्षिण मित्र राष्ट्रहरुसँगको समउन्नतिसँग लाभान्वित हुनुपर्ने र विकास निर्माणमा भैइरहेको ढिलाई बारे गहन रुपमा छलफल गर्नुपर्ने बताए।

प्रकाशित मिति: १७:०८ बजे, बुधबार, माघ ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्