Kathmandu Press

दुई सचिवको सरुवा गर्ने निर्णय 

गत माघ ७ गतेको निर्णय अनुसार न्याय सेवातर्फका दुई सचिवको सरुवा निर्णय भएको हो।
दुई सचिवको सरुवा गर्ने निर्णय 
फाइल तस्बिर।

काठमाडौं, माघ ९ : सरकारले दुई जना सचिवको सरुवा गरेको छ। 

गत माघ ७ गतेको निर्णय अनुसार न्याय सेवातर्फका दुई सचिवको सरुवा निर्णय भएको हो।

सरकारको निर्णय अनुसार महान्याधिवक्ताको कार्यालयमा नायव महान्याधिवक्ता रहेका खेमराज ज्ञवालीलाई बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिव पदमा सुरुवा गरिएको छ। 

यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव लोकराज पराजुलीलाई महान्याधिवक्ताको कार्यालयमा नायब महान्यायाधिवक्ता पदमा सरुवा गरिएको छ। 

प्रकाशित मिति: १६:२० बजे, बुधबार, माघ ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्